सामुदायिक विद्यालयमा अझै ७३ हजार दरबन्दी शिक्षक अभाव

काठमाडौ, वैशाख १५ । देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९३८ दरबन्दी शिक्षक अभाव देखिएको छ ।

सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार प्राथमिक तहमा शिक्षक बढी छन् भने निम्न माध्यमिक र माध्यमिक तहमा अपुग छ ।

प्राथमिक तह ९आधारभूत १ देखि ५० मा तीन हजार ३८३ शिक्षक दरबन्दी बढी देखिन्छ । निम्न माध्यमिक तह ९आधारभूत ६ देखि ८० मा २५ हजार ४२५ र माध्यमिक तह ९९ र १०० मा २३ हजार ७४४ शिक्षक दरबन्दी कम छ।

सरकारले गठन गरेको शिक्षक दरबन्दी पुनर्वितरण कार्यदलको प्रतिवेदनअनुसार, विद्यालय र विद्यार्थी संख्याका आधारमा ७३ हजार थप शिक्षक तत्काल आवश्यक छ । सरकारले निजामती तर्फ २० हजार कर्मचारी लोकसेवा मार्फत र ७४ हजार शिक्षक शिक्षा सेवा आयोग मार्फत पुर्ती गर्ने भएको छ । वैशाखभित्रमा लोकसेवा खुल्ने र यो वर्षभरिमा शिक्षक पूर्ति हुने भएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!