गुडिरहेकै कारमा युवतीमाथि बलात्कार

एजेन्सी । भारत हिमाचल प्रदेशको सिमलामा एक १९ वर्षिया युवती गुडिरहेको कारभित्र बलात्कृत भएकी छन् । प्रहरीका अनुसार युवती स्वयम्ले हेल्पलाईनमार्फत् आफूलाई जबरजस्ती कारभित्र तानेर बलात्कार गरिएको उजुरी दिएकी छन् ।

घटना आइतबारको हो । उनी सिमला मल रोडनजिक पैदल हिँडिरहेकी थिइन् । त्यत्तिकैमा एउटा कार उनको नजिक आएर रोकियो । उनलाई जबरजस्ती कारभित्र तानियो र गुडिरहेको कारमा बलात्कार गरियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!