फेरि घट्यो सुनको भाऊ

काठमाडौं, वैशाख १८ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि घटेर सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, मंगलबार तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि घटेर सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बुधबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

मंगलबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्