बझाङमा जिप दुर्घटना, एक जनाको मृत्यु

बझाङ, वैशाख १९ । जिप दुर्घटनाबाट बझाङमा एक जनाको मृत्यु भएको छ । जिल्लाको थलारा गाउँपालिका–६ स्थित गोमती खोलामा बुधबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर थलारा गाउँपालिका–५ का जिप सहचालकसमेत रहेका १९ वर्षिय टिका भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । थलारा गाउँपालिकाको भिडगाँउबाट विवाहको सामान लिएर फर्कने क्रममा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भट्टराईसँगै जिपमा रहेका चालक कमल साउँद भने फरार छन् । साउँद जिप मालिकसमेत रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!