नायक अक्षय कुमार क्यानाडेली नागरिक भएको खुलासा, चर्को आलोचना

मुम्बई, भारतीय चलचित्र उद्योगमा बेग्लै पहिचान बनाएका कलाकार अक्षय कुमार क्यानाडाको नागरिक भएको विषयले अहिले चर्चा पाएको छ ।

अक्षय कुमारका प्रशसंकहरुले उनको चर्को आलोचना गरेका छन् ।

यो चर्चा हालैमात्र मुम्बईमा भएको भोटिङका बेलादेखि शुरु भएको हो ।

मिडियाले सबै कलाकारहरुले कहाँ कसरी मतदान गरे भनेर पछ्याउँदै जाँदा अक्षर कुमार भने मतदान गर्न नगएपछि समाचार बाहिरिएको थियो ।

अक्षय कुमार मुम्बईमा नै बस्दै आएको भएपनि उनी मतदानका लागि किन गएनन त भनेर सोधपुछ गर्दा उनी क्यानाडाको नागरिक भएको खुलासा भएको हो ।

यही बीचमा एकजना व्यक्तिले केही वर्ष अघि अक्षय कुमारले क्यानाडाको टोरोन्टोमा गरेको भाषणको भिडियो सार्वजनिक गरेका थिए । यो भिडियोमा अक्षय कुमारले आफु् क्यानाडाको नागरिक भएको र चलचित्र उद्योगबाट विदा भएपछि बस्नका लागि क्यानाडा नै आउने बताएका छन् ।

यो भिडियो सार्वजनिक भएपछि अक्षय कुमारलाई आलोचना थेगी नसक्नु भएको छ ।

अक्षय कुमारले भने आफ्नो बचाऊ गर्दै क्यानाडाको पासपोर्ट राखेपनि भारतप्रति आफ्नो इमान्दारिता र देशप्रेम कम नभएको बताएका छन् । आफू क्यानाडाको नागरिक हुने विषय नितान्त व्यक्तिगत भएको बताउँदै उनले नियमितरुपमा कर र अन्य सरकारी नियम मान्दै आएको उल्लेख गरेका छन् ।

उनले के कति कारणले भारतको नागरिकता परित्याग गरे भन्ने खुलेको छैन ।

अक्षय कुमारले प्रष्टिकरण दिएपनि विदेशी नागरिक भएको भन्दै उनको आलोचना चुलिएको छ ।

प्रशसंकहरुले भने क्यानाडाको नागरिक भएर भारतमा धन्धा गर्न आएको हो ? भनेर प्रश्न गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!