तोलामा कतिले बढ्यो सुनको भाऊ ?

काठमाडौं, वैशाख २२ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, शुक्रबार तेजावी सुन ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर प्रतितोला ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, आइतबार बजारमा चाँदीको मूल्य दश रुपैयाँले बढेको छ ।

शुक्रबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७२० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!