महँगियो सुनको भाऊ, तोलामा कति ?

काठमाडौं, वैशाख २३ । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

आइतबार छापावाला सुन प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि बढेर सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, आइतबार तेजावी सुन ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि बढेर प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, सोमबार बजारमा चाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन ।

आइतबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!