सुनको ट्वाइलेटको नाम अमेरिका !

बैशाख २३ । बेलायतको ब्लेनहाइम प्यालेसमा सुनको ट्वाइलेट कमोड जडान गरिँदै छ । बेलायती पूर्व प्रधानमन्त्री विंस्टन चर्चिल जन्मिएको उक्त दरबारको कोठासँगैको कोठामा उक्त सुनको ट्वाइलेट जडान गर्न लागिएको हो । यो कमोड १८ क्यारेट सुनको हुने द गार्जियनकाले जनाएको छ ।

इटालियन कलाकार मौरिजो क्याटिलेनको एकल कला झल्किने उक्त ट्वाइलेट ब्लेनहाइम दरबारमा हुने छ । उनको एकल कला प्रदर्शनीमा अन्य विभिन्न कलाकृति समेत रहने भए तापनि सुनको ट्वाइलेट सबैभन्दा विशेष रहने छ । यो सुनको ट्वाइलेटको नाम अमेरिका हो ।

अक्सफोर्डशायर स्थित ब्लेनहाइम दरबार विंस्टन चर्चिल जन्मिएको घर हो । ब्लेनहाइम आर्ट फाउन्डेसनका संस्थापक स्पेन्सर चर्चिलका अनुसार उक्त सुनको ट्वाइलेटको सुरक्षाका लागि पर्याप्त बन्दो बस्ती गरिनेछ । सुनको ट्वाइलेट जडान गरिने कला प्रदर्शनी आगामी अक्टोबर महिनामा ब्लेनहाइम दरबारमा हुने छ ।

समाचार अनुसार आम सर्वसाधारणले पनि सो ट्वाइलेटको उपयोग गर्न पाउनेछन् । सुनको ट्वाइलेट प्रयोग गर्नका लागि पहिले नै बुकिंग गर्नुपर्ने हुन सक्दछ ।

उक्त सुनको ट्वाइलेट यसअघि सन् २०१७ मा न्युयोर्कको गुगेनहाइम संग्राहलयले अमेरिकी राष्ट्रपति ट्रम्पलाई त्यो ट्वाइलेट उपहार दिने भनी चर्चामा आएको थियो, तर दिइएन् ।

एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्