नेप्से परिसूचकमा ७.४४ अंक वृद्धि

काठमाडौं, वैशाख २३ । सोमबार शेयर बजार ७ दशमलव ४४ अंकले बढेको छ । ३ घण्टा ३० मिनेटमा नेप्से परिसूचक शून्य दशमलव ५९ प्रतिशतले बढेर १ हजार २ सय ८५ दशमलव १९ विन्दुमा पुगेको छ ।

सो अवधिमा १ सय ६७ कम्पनीको ६ हजार ३ सय ५१ पटकको व्यापारमा रू. ४८ करोड ५ लाख बराबरको शेयर कारोबार भएको छ।

सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टसको प्रतिकित्ता रू. ३ सय ८१ मा रू. ३ करोड ७० लाख बराबरको कारोबार भएको हो । यस समयमा होटल, जलविद्युत, निर्जीवन बीमा, ‘अन्य’ जीवन बीमा समूह बाहेक कारोबारमा आएका बाँकी समूहको परिसूचक बढेपछि समग्र नेप्से परिसूचक बढेको हो ।

कमेन्ट गर्नुहोस्