१५ अर्बको रिपो बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, वैशाख २४ । नेपाल राष्ट्र बैंकले १५ अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत बुधबार उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ ।

सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिपोमा ‘क’, ‘ख’ वर्गका बैंक तथा ग’ वर्गको वित्त कम्पनीले भाग लिन पाउने छन् । बैंकले पछिल्ला दिनमा निरन्तररुपमा रिपो र ट्रेजरीबिल बिक्री गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!