फेरि महँगियो सुनको भाउ, तोलामा कतिले बढ्यो ?

काठमाडौं, वैशाख २५ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, मंगलबार तेजावी सुन ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बुधबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

मंगलबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!