सारिका र योगेशले लिएर आए ‘ऐसेलुको पात’

काठमाडौं, वैशाख २४ । सारिका घिमिरे र योगेशकाजीको स्वरमा रहेको गीत ‘ऐसेलुको पात’ सार्वजनिक भएको छ ।

योगेशकाजीको शब्द, सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सारिकाले नै निर्देशन गरेको गीतको भिडियोमा विवेक मोक्तान, नमुना श्रेष्ठ र चपुर हिरोज क्रियूलाई फिचर्ड गरिएको छ ।

विवेक मुक्तान र सुदीप राईको कोरियोग्राफी रहेको भिडियोमा ज्ञानेन्द्र शर्मा हुँमागाईको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको छ । गीतको भिडियोलाई एस इन्टरटेनमेन्टबाट सार्वजनिक गरिएको हो ।

अभिनय सँगसँगै गायनमा आफूलाई सशक्तरुपमा प्रस्तुत गर्दै आएकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेका गीतहरु स्रोता÷दर्शकको रोजाइमा परेका छन् भने गायक योगेशकाजीका पनि थुप्रै गीत लोकप्रिय छन् । ‘हाम्रा अन्य गीतजस्तै ‘ऐसेलुको पात’ले पनि दर्शक–स्रोताको माया पाउने मा हामी आशावादी छौ’, योगेश–सारिकाले भने ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!