आगामी असार ६ गते ‘चलचित्रमा नृत्य’ नामक एकदिने कार्यशाला गर्ने

काठमाडौं, वैशाख २५ । चलचित्र नृत्य संघले ‘चलचित्रमा नृत्य’ नामक एकदिने कार्यशाला गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रमा नृत्य कर्म गर्नेहरुको संघ नेपाल चलचित्र नृत्य संघले आगामी असार ६ गते शुक्रबार ‘चलचित्रमा नृत्य’ नामक एकदिने कार्यशाला गर्ने प्रेस विज्ञिप्त मार्फत जानकारी गराएको हो।

संघद्वारा जारी प्रेश विज्ञिप्तमा नृत्यका प्रशिक्षक लिइसकेका, सहायक नृत्य निर्देशक, नृत्यलाई पेशा बनाई रहेकाहरुले सहभागी हुन पाउने जनाइएको छ ।

कार्यशालामा भाग लिएकाहरुलाई छायाँकन अवधिमा छिटो छरितो तवरले छायाँकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभुषा, सङ्गीत आदिको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्बद्र्धन र चलचित्र कर्मीहरुलाई फाईदा पुर्याउने अध्यक्ष बसन्त श्रेष्ठले बताएका छन् ।

कमेन्ट गर्नुहोस्