फेसबुक, ट्विटर र इष्टाग्राममा सुपरस्टार सलमान र शाहरुखमध्ये कसको कति फलोअर ?

मुम्बई, वैशाख २५ । बलिउड क्षेत्रका यी दुई सुपरस्टार शाहरुख खान र सलमान खानबीच कहिले सम्बन्ध सुध्रिएको त कहिले बिग्रिएका खबरहरु आइरहेका हुन्छन् । अहिले भने यी दुईको मित्रता उदाहरण दिन योग्य छ ।

यस्तैमा एक प्रश्न वर्षैदेखि सबैको दिमागमा आइरहेको छ, यी दुईमा नम्बर वान को हो ? कसको फ्यान फलोइंग सबैभन्दा धेरै छ ? चलचित्र र सामाजिक सञ्जालमा यी दुई सुपरस्टारमा को अगाडि छन् भन्ने कुरा आज हामी यो प्याकेजमा चर्चा गर्दैछौं ।

बक्सअफिसमा अगाडि निस्किए सलमान

फिल्मको कुरा गर्ने हो भने बक्सअफिसमा सलमान खानकै वर्चश्व छ । हरेक वर्ष उनको एक ब्लकबस्टर फिल्म आएकै हुन्छ । २०१० मा आएको ‘दबंग’ मा चुलबुल पाण्डेको भूमिका निर्वाह गरेर उनले यो साबित गरेका थिए कि, उनी बक्सअफिसका ‘किंग’ हुन् ।

२०११ मा आएको ‘रेडी’ र ‘बडिगार्ड’ पनि दर्शकलाई औधी मनपर्‍यो । २०१२ मा आएको चलचित्र ‘एक था टाइगर’ उनका लागि माइलस्टोन साबित भयो । यस फिल्मले जर्बजस्त कलेक्सन गरेको थियो । सोही वर्ष ‘दबंग २’ पनि आयो । यो पनि सुपरहिट फिल्मको लिस्टमा सामेल भयो ।

वर्ष २०१३ उनका लागि खासै राम्रो रहेन तर २०१४ मा आएको फिल्म ुकिकु ले बक्सअफिसमा धूम मच्चायो । फेरि २०१५ मा ुबजरंगी भाईजानु, २०१६ मा ुसुल्तानु र २०१७ मा ुटाइगर जिन्दा हेु ले उनलाई सुपरस्टारको क्याटेगरीमा उभ्यायो । उनका फिल्मले भारतमा मात्र नभएर विश्वभर दमदार कलेक्सन गर्ने गरेका छन् ।

२०१३ पछि शाहरुखको चम्किएन स्टारडम

शाहरुखले २०१३ पछि कुनै सुपरहिट फिल्म दिएका छैनन् । २०१३ मा आएको ‘चेन्नई एक्सप्रेस लाई दर्शकले निकै रुचाए, तर यसपछि आएका ुह्याप्पी न्यू ईयरु, ुदिलवालेु, ुफ्यानु, ुरईसु, ुजीरोु र ुजब ह्यारी मेट सेजलु दर्शकको विश्वासमाथी खरो उत्रन सकेनन् ।

बक्सअफिसको नजिता हेर्ने हो भने शाहरुखभन्दा सलमान धेरै अगाडि निस्किसकेका छन् । अहिले सलमानलाई बक्सअफिसको ुसुल्तानु भन्ने गरिन्छ ।

सामाजिक सञ्जालमा पनि अगाडि सलमान

सामाजिक सञ्जालमा फ्यान फलोइंगको कुरा गर्ने हो भने यहाँ पनि सलमान, शाहरुखभन्दा अगाडि निस्किएका छन् । फेसबुक, ट्विटर र इन्स्टाग्राममध्ये दुई प्लेटफर्ममा सलमानको फ्यान फलोइंग शाहरुखको भन्दा धेरै छ ।

फेसबुकमा सलमानलाई साढे ३ करोडभन्दा बढी व्यक्तिले फलो गर्ने गर्दछन् । शाहरुखको फ्यान फलोइंग ३ करोडको आसपास छ । यस्तै, सलमानलाई इन्स्टाग्राममा २ करोड २२ लाख बढीले फलो गरेका छन् । त्यही, शाहरुखलाई इन्स्टाग्राममा १ करोड ७० लाख बढीले फलो गर्ने गर्दछन् ।

तर, ट्विटरमा भने सलमानभन्दा शाहरुख अगाडि छन् । यहाँ शाहरुखको फ्यान फलोइंग ३ करोड ८० लाखभन्दा बढी छ । यस्तै, सलमानलाई ट्विटरमा ३ करोड ६७ लाखभन्दा बढीले फलो गरेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्