प्रचण्ड रुँदा सीता पनि रोइन, हाँस्दा पनि सँगै हाँसिन्

क्रान्तिकारी प्रेम–काव्य जस्तै प्रचण्ड सीताको जोडी

सायद त्यतिखेर मुना पनि मदन संगै भोट गएको भए मुना–मदनको कारुणिक पक्षले अर्कै रुप लिन्थ्यो कि ? तर यहाँ यस्तो भयो प्रचण्ड जहाँ जहाँ पुग्छन् सिता दाहाल पनि त्यहाँ त्यहाँ सिता पनि पुगिन्।

दीपेश पुन
दुख गरेर परिवार पाल्नका लागी मदन भोट गए। तर फर्केर आउदा मुनालाई देख्न पाएनन्। मदनसंगको विछोड सहन नसकेर मुना दिनदिनै कमजोर बन्दै गईन्। र, अन्ततः उनले भौतिक शरिर त्याग गरिन्।

विश्वमा यस्ता धेरै उदाहरण छन् माया–प्रितीका। नेपालको लोक सन्दर्भमा मुना–मदनको चर्चा लामो समयसम्म भईरहेछ। छायाँ प्रतित भईरहनेछ। श्रीमतीको माया कति लाग्छ, कसरी गरिन्छ ? श्रीमान् हुनुको वास्तविक भूमिका के हो ? त्यो, मुना–मदन जस्तै अर्को लेकप्रिय किताबमा कुनैदिन त लेखिएला। अपेक्षा छ । र, त्यो किताब अरु कसैको नभएर प्रचण्डको होला।

कास्कीको ढिकुर पोखरीबाट संगीन संकल्प बाेकेर मध्यरातमा झोलामा केही चिउरा, मकै बोकेर निस्केका प्रचण्डको यात्रा अझै अविराम छ। फलामको चिउरा, फलामको मकै र फलामको चाउचाउ चपाए भन्दा कठिन त्यो यात्रा अहिले संघिय लोकतान्त्रिक गणतन्त्रको चौतारीमा शितल तापिरहेछ। तर, यात्राको अन्तिम गन्तब्य भने पुग्न बाँकी नै छ । अझै उनका पाईलालाई यो भन्दा उदात्त संसार निर्माणका लागि अघि बढेकै छन् ।

खुसीको कुरा, अचम्मको र संयोगजन्य कुरा त यो छ कि, मुना समानकी सिता दाहाल पनि उनको यात्रामा संँगै छिन् । सायद त्यतिखेर मुना पनि मदनसंगै भोट गएको भए मुना–मदनको कारुणिक पक्षले अर्कै रुप लिन्थ्यो कि? तर यहाँ यस्तो भयो प्रचण्ड जहाँ–जहाँ पुग्छन् सिता दाहाल पनि त्यहाँ– त्यहाँ पुगिन् । घरमा रुदैँ छाती पिटी–पिटी भक्कानिएर बसिनन् । प्रचण्ड रुँदा सिता पनि रोईन्, हाँस्दा हाँसिन्। जहाँ–जहाँ प्रचण्ड त्यहाँ–त्यहाँ सिता दाहाल हुनुको अर्थ सामान्य छ– संगै बाँच्ने, संगै मर्ने।

म अहिले मात्र केही सत्ता र शक्ति देखेर प्रचण्डको नजिक परेको वा प्रचण्डले देखाएको बाटोमा हिँडेको हैन । त्यो संकटकालमा, त्यो आकाशबाट असिना हैन, बम प्रहार हुने समयमा रोल्पाका गोप्य कोठाका ओछ्यानहरुमा मैले प्रचण्ड र सिता दाहालको निम्ती खाना पुर्याएको छु । सबैभन्दा यो जोडीलाई मैले बालुवाटार, लाजिम्पाट र खुमलटारमा हैन रोल्पा रुकुमका बंकरहरुमा देखेको हुँ, त्यसैले यत्ती कुरा सुझबुझका साथ संमरण गरेर लेख्ने हक म जस्तै योद्धाहरुलाई छ जस्तो लाग्छ। दुःखमा पनि सुखमा पनि सिता दाहाल आत्तिएको देखेको छैन । आजको मितीसम्म त्यो कायम थियो। तर पछिल्लो समय स्वास्थ्य स्थिती कमजोर बन्दै गएपछि केही अफ्ठ्यारो परिस्थितीको सामना गर्नुपरेको छ। खासगरी प्रकाश दाहाल दाईको आकस्मिक निधन पश्चात झन् समस्या बढिरहको छ । त्यो हामी सबैलाई थाहा भएकै कुरा हो ।

प्रचण्डले सिता दाहालको लागि संभव भएसम्मका उपचारहरु गराई रहेका छन् । मानसिक रुपमा, शारिरिक रुपमा बलियो खम्बा भएर उभिएका छन् । त्यही क्रममा सीता ग विहे भएको ५० बर्ष पुगेको अवसरमा बिहेको वर्षगाँठ मनाउने औपचारिक कार्यक्रम परिवारले आयोजना गरेको छ। ‬सिताको दीर्घायुको कामना, सितालाई ढाडस दिनका लागि यो एकदमै बलियो कदम हुनसक्छ।
भनिन्छ, चिकित्सा विज्ञानले गर्न नसकेको काम कहिलेकाँही मायाको विज्ञानले गर्छ, मनको विज्ञानले गर्छ, भावनाक विज्ञानले गर्छ । पत्नि सितालाई सबै हिसाबले बलियो बनाउन प्रचण्ड लागिरहेका छन् । प्रचण्डको मायाको विज्ञान बुझ्न नसक्नेहरुका लागि यो हाँसो–मजाकको बिषय बन्ला, तर चिज त्यो हैन।



दुख पाए, म मर्ने भएँ, छोराछोरीको श्राप लाग्ने भयो भन्दै सिता दाहालले प्रचण्ड संग दुश्मनी गरेको भए प्रचण्ड–प्रचण्ड हुने थिएनन्।

यो सबै मैले प्रचण्डको समिक्षा गरेको हैन । आजको दिनमा म अलिकती भावुक छु । भावुक हुनुका धेरै कारण छन् । जीवन मरणको वर्ग संघर्ष होस् या पार्टीभित्रका भिषण अन्तरसंघर्ष होस् प्रचण्ड परिवा संगै यो वा त्यो बहानामा नजिक रहेर काम गरेको हाम्रो पनि परिवार थियो । म सानै थिए त्यो बेला तर सौभाग्य प्राप्त भयो कि प्रचण्ड र सिता दाहाललाई धेरै पटक नजिकबाटै सहयोग गर्ने र देख्ने र बुझ्ने अवसर मिल्यो । मलाई लाग्छ प्रचण्डको सबैभन्दा ठूलो सल्लाहकार सिता दाहाल हुन्, सबैभन्दा ठूलो वैचारिक मानिस पनि सिता दाहाल नै हुन्। बन्द कोठामा त्यो दृश्य मैले धेरै पटक देखेको छु। दुख पाए, म मर्ने भएँ, छोरा–छोरीको श्राप लाग्ने भयो भन्दै सिता दाहालले प्रचण्डसंग दुश्मनी गरेको भए प्रचण्ड–प्रचण्ड हुने थिएनन्। गौतम बुद्ध पनि जंगल गएका थिए तर एक्लै। भनिन्छ बुद्ध संसारिक दुनियाँसंग दिक्क मानेर दरबारको सुखसयल छाडेर जंगलतिर हिँडेका थिए।
हो प्रचण्ड पनि जंगल नै गएका थिए तर एक्लै हैन। बिरक्तिएर पनि हैन। प्रचण्ड देशको र जनताको लागि आफ्नो वर्गको लागि सिँगो परिवारसहित जंगल र जनता कहाँ गएका थिए। प्रचण्डको महत्वपूर्ण हिस्सा जनता र जंगलमै बित्यो भन्नुको अर्थ जनतासंगै बित्यो। देशको राजनीतिक परिवर्तनको खाका पनि जंगलमै बन्यो। त्यसैले प्रचण्ड र जंगल एकअर्काका परिपूरक हुन्। प्रचण्ड र परिवर्तन पनि एक अर्काका परिपूरक हुन्। केही शर्तहरु छाड्ने हो भने बुद्ध र प्रचण्ड एकअर्काका परिपूरक हुन्।

छविलाल दाहाललाई प्रचण्ड बनाएको नेपाली जनताले नै हो। तर सिता दाहालले पनि हो । यो देशका राजनितीक–सामाजिक परिवर्तनको मूख्य योजनाकार, निर्णय क्षमताको किगं मेकर, दुई पटक पटक प्रधानमन्त्री देखी सबैभन्दा ठूलो पार्टीको अघ्यक्ष, अन्तराष्ट्रिय शक्तीले पत्याएको, स्विकार गरेको सर्वमान्य नेता प्रचण्डको लागी आजको दिन निकै विशेष छ। यो विशेष दिनमा अध्यक्ष कमरेड प्रचण्ड, सिता दाहाल आमा लगायत सम्पूर्ण परिवारलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छु । दिपेश पुन अखिल (क्रान्तिकारी) का उपाध्यक्ष हुन्

कमेन्ट गर्नुहोस्

error: Content is protected !!