वरिष्ठ गीतकार अम्बिका गुरुङको ‘आमा’मा रामकृष्ण ढकालको सुमधुर आवाज

काठमाडौ‌ं, वैशाख २९ । अमेरिका निबासी वरिष्ठ गीतकार अम्बिका गुरुङको ‘आमा’मा चर्चित गायक रामकृष्ण ढकालले सुमधुर आवाज भरेका छन् ।

दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा वरिष्ठ गीतकारको रुपमा आफूलाई स्थापित गर्न सफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन ।

चर्चित गायक रामकृष्ण ढकालको सुमधुर आवाज रहेको यस गीतमा संगीतकार प्रकाश लेप्चाको संगीत रहेको छ । दिपेन्द्र थपलियाले छायांकन गरेको यस म्यूजिक भिडियोलाइ समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट, सुप्रिया कटुवाल, नरेन र बसुको दमदार अभिनय रहेको छ ।

यस लिंकमा क्लिक गरी भिडियो हेर्नुहोस–

कमेन्ट गर्नुहोस्