नेप्से परिसूचक एक घण्टामा ४.३८ अंकले घट्यो

काठमाडौं, वैशाख २९ । साताको पहिलो दिन नेप्से कारोबार भएको एक घण्टाको अवधिमा ४ दशमलव ३८ अंकले घटेर १ हजार २८७ दशमलव ५८ विन्दुमा पुगेको छ ।

कारोबार भएदेखि हालसम्म नेप्से परिसूचक १ हजार २९२ दशमलव १२ विन्दुभन्दामाथि जान सकेको छैन । कारोबार भएका दश समूहको परिसूचकमा चार समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक घटेपछि नेप्से घट्न पुगेको हो ।

कारोबार भएका १०७ कम्पनीको रू. ३२ करोड बराबरको शेयर कारोबार भएको छ । सानिमा बैंकको एक संस्थापकले शेयर विक्री गरेपछि कम्पनीको रू. १६ करोड ४५ लाख बराबरको शेयर कारोबार भएको छ । सगरमाथा इन्स्योरेन्सले बोनस प्रस्ताव गरेपछि र प्रिमियर इन्स्योरेन्सले प्रस्ताव गर्ने हल्लाले दुवै कम्पनीको शेयर मूल्य सहित कारोबार रकम बढेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!