आगामी जेठ १७ गतेबाट चलचित्र ‘कुम्भ करण’ प्रदर्शनमा, अभिनेत्री निशा शिक्षिकाको भूमिकामा

काठमाडौं, वैशाख २९ । भर्खरैमात्र ट्रेलर सार्वजनिक भएको नेपाली कथानक चलचित्र ‘कुम्भ करण’को प्रदर्शन आगामी जेठ १७ गतेबाट हुने तय भएको छ ।

उक्त चलचित्रको ट्रेलरमा रोमान्टिक, सस्पेन्स र कमेडी बिषयलाई देखाईएको छ । यस चलचित्रमा अभिनेत्री निशा अधिकारी शिक्षिकाको भूमिकामा छिन् भने गौरव पहारी शिक्षक, भोलाराज सापकोटा प्रधानाध्यापक, अभय बराल पिउनको भूमिकामा छन् । साथमा आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा लगायतको मुख्य भूमिका छ ।

आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई दिपक वलीले निर्देशन गरेका छन् । रोम वली कार्यकारी निर्माता, क्षितिज बस्नेत र खड्क वुढाथोकी निर्माता हुन् । फिल्ममा महेश दवाडीको कथा, पटकथा तथा संवाद, हरी लामाको छायांकन, विनोद ढकाल, गोविन्द मधुर आचार्य र जयन जेको संगीत, सुरेन बसेलको नृत्य निर्देशन रहने छ ।

यस लि‌ंकमा क्लिक गरी चलचित्र कुम्भ करण को ट्रेलर हेर्नुहोस्-

कमेन्ट गर्नुहोस्

error: Content is protected !!