आमा बनेपछि अझै सुन्दरी देखिन्छन् यी बलिउड अभिनेत्री

मुम्बई, वैशाख २९ । बलिउड क्षेत्रका चर्चित अभिनेत्री करिना कपुर, माधुरी दीक्षित, सुस्मीता सेन, ऐश्वर्या राय लगायतका अभिनेत्रीहरु आफ्नो सुन्दरता र प्रस्तुतिका कारण चर्चामा छन् ।

उनीहरुले पर्दामा थुप्रैपटक उत्कृष्ट प्रस्तुतिमात्रै दिएकाम छैनन् व्यक्तिगत जीवनमा सफल आमाको भूमिका समेत निर्वाह गरेका छन्। उनीहरुको सफलताले आमा बनेपछि थप उचाइ प्राप्त गरेको छ।

यी हुन् बलिउडका आकर्षक र सुन्दरी आमाहरु

ऐश्वर्या राय

बलिउडकी सुन्दर अभिनेत्री एश्वर्या राय एक छोरीकी आमा हुन्। आराध्य बच्चनकी आमा बनेपछि उनी फेरि बलिउडमा कमब्याक भएकी छन् । आमा बनेपछि पनि उनको सौन्दर्यमा कुनै कमी आएको छैन । उनी पहिलेजस्तै फिट बनेकी छन्।

करिना कपुर

२०१२ मा अभिनेता सैफअली खानसँग विवाह गरेकी करिनाले २०१६ मा एक छोराको जन्म दिएकी हुन् । तैमुर उनको छोराको नाम हो । तैमुरलाई लिएर सामाजिक सञ्जाल र भारतीय सञ्चारमाध्यममा निकै चर्चा हुने गरेको छ । आमा बनेपछि पनि करिनाले आफ्नो शरीर फिट राखेकी छन् र उनी अहिले पनि टप अभिनेत्रीमध्ये एक छिन् ।

शिल्पा सेट्टी

केही समयदेखि फिल्मी क्षेत्रबाट टाढा रहेकी अभिनेत्री शिल्पा सेट्टी अन्य प्रोजेक्टहरुमा ब्यस्त छिन् । टिभी रियालिटी शो मा निर्णायक लगायतका भूमिकामा रहेकी उनी आफ्नो शारीरिक तन्दुरुस्तीलाई निकै ध्यान दिन्छन् । यसका लागि उनी छोरा वियानका साथमा योगा गर्ने गरेर आफ्नो सुन्दरता र शारीरक अवस्थालाई मिलाइरहेकी छन् ।

मलाइका अरोडा

अभिनेत्री मलाइका अरोडा पनि एक छोरा अरहानकी आमा हुन्। ४५ वर्षीया मलाइकाले केही समय अगाडि पति अरवाज खानसँगको सम्बन्ध तोडेकी छन् । पतिसँग छुटेपछि छोराप्रतिको आफ्नो भूमिका उनले इमान्दारितापुर्वक निर्वाह गरेकी छन् । शारीरिक तन्दुरुस्ती र सोनदर्य दुबैमा ध्यान दिन मलाईका यो उमेरसम्म पनि सुन्दरी नै छन्।

सुस्मिता सेन

सुस्मिता सेन अविवाहित भए पनि दुई धर्मपुत्रीकी आमा हुन। दुई छोरीको ख्याल राख्दै उनले आफ्नो सौन्दर्य कायमै राखेकी छन्।

माधुरी दीक्षित

माधुरी दीक्षितले विवाहपछि फिल्मी क्षेत्र छाडेर अमेरिका गएर बसिन्। दुई छोरालाई जन्म दिएपछि पुनः बलिउड कमब्याक गरेकी उनी अहिले पनि उस्तै सुन्दर र चर्चामा छिन् ।

करिश्मा कपुर

अभिनेत्री करिश्मा कपुर पनि दुई सन्तानकी आमा हुन्। उनी छोरी समायरा र छोरा कियान कपुरकी आमा हुन्। दुवै बच्चासँग उनी एकदमै नजिक छन् । उनले सन्ताका साथसाथै आफ्नो सौन्दर्यको पनि ख्याल गरेकी छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!