लगनखेलमा मायाज् ब्युटी पार्लरको नयाँ शाखा खुल्यो, अभिनेत्री वर्षाले उद्घाटन गरिन्

काठमाडौं, वैशाख ३० । लगनखेलमा मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँ शाखा खुलेको छ ।

नायिका वर्षा सिवाकोटीले उक्त शाखाको उद्घाटन गरेकी हुन् । विगत १ दशक अगाडिदेखि सौन्दर्य व्यवसाय गर्दै आएकी गीता गिरिले सो पार्लर संचालनमा ल्याएकी हुन् ।

भक्तपुर सुर्यविनायकमा मुख्य पार्लर रहेको मायाज् ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टरको नयाँबानेश्वर र कलंकीमा समेत शाखा रहेको छ भने यो तेश्रो शाखा हो । पार्लरको चौथो शाखा चावहिल एरियामा खोल्ने तयारीमा रहेको संचालिका गिरीले बताइन् ।

उद्घाटन कार्यक्रममा बोल्दै नायिका सिवाकोटीले पार्लरको सफलताको कामना गरेकी थिइन् । उनले भनिन्, ‘महिलाको लागि पछिल्लो समय सौन्दर्य कला जान्नु र सुन्दर बन्नु अत्यावश्यक बनेको छ। त्यसमाथि हामी कला क्षेत्रमा लागेकाहरुका लागि त मेकअप नभई हुँदैन । त्यसैले मायाजको सेवा सुविधा लिनमा आतुर छु र मायाजले नामजस्तै सबैको माया पाओस् ।’

पार्लरले नायिका सिवाकोटीका लागि १ वर्षका लागि सम्पूर्ण सौन्दर्य सुविधा निःशुल्क गरेको छ भने त्यहाँ जाने अन्य कलाकारका लागि पनि बिशेष छुटको ब्यबस्ता गरेको छ । ओपनिङको अवसरमा पार्लरले सम्पूर्ण सेवा सुबिधामा ५० प्रतिशत छुटको व्यवस्था समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्