दिपक लिम्बुको आवाजमा ‘आँशु झर्यो’ सार्वजनिक

काठमाण्डौं । गायक दिपक लिम्बुको आवाजमा समावेश निकै मार्मिक गीत ‘आँशु भर्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

युगल जोडीको प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । विछोडको पिडालाई भुल्न नसकेको कुरालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ । आफ्नो माया नै ससारको निकै प्रेरणादायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ ।

दामोदर गौत्तम शब्दमा रहेको गीतमा रियाज सिवाकोटीको संगीत छ । गीतको भिडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ । बासु बरालको छायाँकन, राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

‘आँशु भर्यो’ को भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय रहेको छ । ‘आँशु झर्यो’ हेर्नुहोस भिडियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!