प्रचण्डपथको आलोकमा नेकपाभित्रको बुर्जुवा चिन्तन परास्त गर्नु जरुरी

मोहन कार्की । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बैचारिक र राजनैतिक दृष्टिकोणबाट हामीले हेर्ने हो भने अन्तर्राष्ट्रिरुपमा चलेको बामपंथी आन्दोलनको नेतृत्व गर्ने ठाउँको यात्रा तय गरि सकेको छ । दुई ठुला दलभिन्न कार्यशैली र भिन्न–भिन्नै आन्दोलनको नेतृत्व गरेर हाल नबगठित नेपाल कम्युनिष्ट पार्टीले श्रमजिबि मजदुर बर्गहरु, विधार्थी, महिला, र उत्पीडित बर्ग, जाती तथा जनजातीहरुको मुक्तिको निम्ती योजनाबद्ध ढंगले रणनैतिक कार्यदिशा आगामि जिल्ला स्तरीय अधिबेशन लगत्तै केन्द्रीय महाधिबेशनले अहिले राजनैतिक बजारमा उब्जिएको प्रश्नहरुको जवाफ दिने नै छ भन्ने पक्षमा सकारात्मक छु । सकारात्मक सोच सबैले लिइदिनु हुनेछ भन्ने आशा र अपेक्षा पनि गर्दछु ।


हामीले हिजोको दिनमा आफ्नो बलिदान गरेर नेतृत्वलाई हर हालतमा जोगाउनु पर्छ भन्दै स–सम्मान गर्दै नेतृत्वमा स्थापित गरेका कतिपय नेतृत्वहरु पार्टीभित्र फरक मत राख्दै प्रतिकृयाबादीहरुको सिकार भैसकेका छन् ।

मुख्यतः नेपाली भू–भाग बामपंथीमय छ । सदियौं देखि नेपाली जनतालाई शोषण गर्दै हतियार देखाउँदै राणा शाशनकालदेखि, राजतन्त्र हुँदै बहुदलिय प्रजातन्त्रसम्म आइपुग्दा पनि नेपालभित्र बसोबास नेपाली नागरिकहरुको राजनैतिक तथा जनतालाई दिनुपर्ने हरेक अधिकार शासक बर्गले कुण्ठित गर्दै विभिन्न तह र तप्कामा जनतालाई बिभाजित गर्दै निरीह जनताहरुलाई कमजोर पार्दै ब्रम्हलुट गर्दै खोक्रो पारी सकेको देशलाई अब नेपाल कम्युनिष्ट पार्टीले आर्थिक राजनैतिक र सामाजिक रुपमा सुदृढ गर्दै समाजबादी क्रान्तिको आन्दोलनको नेतृत्व गर्नेछ ।


अहिले हासिल गरेको राजनैतिक अधिकारलाई सुनिश्चितता गर्दै, प्राप्त अधिकारको जगमा नेपालको मौलिकता र भौगोलिकता अनुसारको जगमा टेकेर नेपाली जनताको भबिश्य सुनिस्चितताको निम्ती पहल कदमी लिने वा प्रतिकृयाबादीहरुसङ्ग साँठगाँठ गर्दै अहिले बिकसित राजनैतिक घटना क्रमलाई निस्तेज गर्दै ब्यक्तिगत स्वार्थको निम्ती नेतृत्व हत्याउन, फेरि राजतन्त्रलाई गुहार्दै हिड्ने?

जहिले पनि प्रतिकृयाबादीहरु फुटाउ र शासन गर भन्ने मान्यतामा न्वारन देखिको बल निकालेर मिडियामा प्रचार बाजी गरीरहेका छन् । आम नेपाली जनताले सचेतनापूर्वक भबिष्य उज्वलताको निम्ति उक्त प्रतिक्रीयाबादीको षडयन्त्रलाई चिर्न सक्ने छन् । र, चिर्नु पनि पर्दछ । यतिबेला नेपालमा आफुलाई अब्बल दर्जाको क्रान्तिकारी मै हो भनेर जतिसुकै स्थापित गर्न खोजे पनि हामीले हिजोको दिनमा आफ्नो बलिदान गरेर नेतृत्वलाई हर हालतमा जोगाउनु पर्छ भन्दै स–सम्मान गर्दै नेतृत्वमा स्थापित गरेका कतिपय नेतृत्वहरु पार्टीभित्र फरक मत राख्दै प्रतिकृयाबादीहरुको सिकार भैसकेका छन् ।

नेतृत्व तहमा पुगेपछि इतिहासलाई तोडमोड गर्दै साङ्गोपाङ्गो विश्लेषण गर्दै क्रान्तिकारी भनेर अब्बल दर्जामा आफूलाई उभ्याउने अनि प्रतिक्रान्तीको नेतृत्व गर्दै र पतनको दिशातर्फ उन्मुख भएको छ । अहिले हासिल गरेको राजनैतिक अधिकारलाई सुनिश्चितता गर्दै, प्राप्त अधिकारको जगमा नेपालको मौलिकता र भौगोलिकता अनुसारको जगमा टेकेर नेपाली जनताको भबिश्य सुनिस्चितताको निम्ती पहल कदमी लिने वा प्रतिकृयाबादीहरुसङ्ग साँठगाँठ गर्दै अहिले बिकसित राजनैतिक घटना क्रमलाई निस्तेज गर्दै ब्यक्तिगत स्वार्थको निम्ती नेतृत्व हत्याउन, फेरि राजतन्त्रलाई गुहार्दै हिड्ने?


आज बिप्लबको पतनको दिशालाई साथ दिँदै उक्साउँछ । उता कथित नयाँ शक्तिको नाममा के–के न गर्छु भन्ने डा. बाबुराम कांग्रेसको भोटमा नाच्दै–नाच्दै नृशंगारपूर्वक माओबादी कार्यकर्ताको मतियार उपेन्द्र यादवसँग सती गए ।

राजनीति नै गर्ने हो भने, शहीदको रगतको सम्मान गर्छौ भने, बेपता योद्धा कार्यकर्ताको सम्मान गरिन्थ्यो भने, गोपाल किराँतीले नेतृत्व गरेको माओबादीले स्पष्ट रुपमा दरबार हत्याकाण्ड पछि नागार्जुन जंगलमा लखेटिएको ज्ञानेन्द्रलाई किन गुहार्नु । यसको अर्थ राजनैतिक चेतना नै छैन भन्ने हो । जनयुद्ध गर्दै हिड्छु भन्ने बिप्लब समूहलाई हिजो जनयुद्धको बेला जनतालाई निर्ममतापूर्वक दमन गर्ने राजतन्त्रको बफदार सिपाही जर्नेल, कर्णेलहरु आज बिप्लबलाई म साथ दिन्छु भनेर मिडियामा कुर्लिरहेका छन् । उता मोहन बैद्य कसैको उक्साहटमा प्रतिकृयाबादीलाई नै टेवा पुग्ने गरी आफुले के–के न गरेर देखाउँछु भनेर फुटेर गयो । आज बिप्लबको पतनको दिशालाई साथ दिँदै उक्साउँछ । उता कथित नयाँ शक्तिको नाममा के–के न गर्छु भन्ने डा. बाबुराम कांग्रेसको भोटमा नाच्दै–नाच्दै नृशंगारपूर्वक माओबादी कार्यकर्ताको मतियार उपेन्द्र यादबसँग सती गए । नेपालको बामपंथी आन्दोलनको ईतिहास र गरिमालाई ब्यक्तिगत स्वार्थको निम्ति प्रतिकृयाबादी तत्वहरुको हत्केलामा सुम्पेर सौताको रिसले पोइको समाजको अगाडि काखमा ‘सु’ गर्न सक्ने धोकेवाजदेखि साबधान हुन जरुरी छ ।


बिद्रोहको सिर्जना पनि तय गर्दै गर्दा कोठाबाट बाहिर आन्दोलनमा ननिस्कने अनि बिद्रोहको नारा समातेर बस्ने हुँदा कमरेड प्रचण्डले पालुङटार भेलाले अब संविधान सभाबाट संविधान र संघिय गणतन्त्र समानुपातिक र समाबेशिताको आधारमा राज्यमा बर्ग जाती क्षेत्र लिङ्गको प्रतिनिधित्व गर्ने कार्यदिशा अंगिकार गर्नु भयो ।

देशमा बामपंथि आन्दोलनले के माग गरेको छ भन्ने ज्ञान नभएको होइन । विप्लबको राजनैतिक एजेन्डा एकिकृत जनक्रान्ती प्राप्त उपलब्धिलाई प्रतिक्रान्ती गर्ने दिशा उन्मुख छ । शान्तिकालमा जब जनयुद्धलाई अबतरण गर्यो । मुख्य रुपमा विप्लबले माग गरेको क्षेत्र उसको कोटामा नपर्नु अनि अध्यक्ष कमरेड प्रचण्डसङ्ग बैचारिक मत भिन्नताको निहुँको कडी त्यहाँबाट शुरुवाती हुन् । कामिडाँडा, भक्तपुर सम्मेलन तथा भेलामा मोहन बैद्य कमरेडको लाईन शसस्त्र बिद्रोहको लाइन थियो । उक्त बिद्रोहको सिर्जना पनि तय गर्दै गर्दा कोठाबाट बाहिर आन्दोलनमा ननिस्कने अनि बिद्रोहको नारा समातेर बस्ने हुँदा कमरेड प्रचण्डले पालुङटार भेलाले अब संविधान सभाबाट संविधान र संघिय गणतन्त्र समानुपातिक र समाबेशिताको आधारमा राज्यमा बर्ग जाती क्षेत्र लिङ्गको प्रतिनिधित्व गर्ने कार्यदिशा अंगिकार गर्नु भयो । यसको स्वागत र समर्थनमा हामी हालसम्म जुटीरहँदा सहि ठाउँमा हामी छौ ।


संगठन कसैको पेवा जस्तै नबनाई हिजो गरेको योगदानहरुको कदर गर्दै बामपंथी आन्दोलनका सिपाहिहरुलाई कदर र स–सम्मान गरी गोलबन्द गर्दै बर्गिय राज्यसतालाई जोगाउँदै प्रतिकृयाबादीहरुलाई हाम्रो सत्तामा आलोचनात्मक समर्थन गर्न उत्प्रेरणा र उत्साहित गरौं ।

यतिबेला हामी एकताको अन्तिम यात्रामा छौं । मात्रै जनबर्गिय संगठनको एकता टुङ्याउन बाँकी छ । मूलभुतरुपमा पार्टी एकता टुंगिसकेको छ । अब एकताको प्रक्रीयाको अन्तिम चरणमा आइपुग्दा हामी नेतृत्वले दिएको जिम्मेवारीलाई आत्मासात गर्दै जानेछौं दुइमत छैन । तर, संगठनमा बुर्जुवा तथा पुजीबादी चिन्तनलाई निस्तेज पारौं । राजनैतिक बजारमा उर्लिएको प्रश्नको तिर प्रतिक्रीयाबादिको हत्केलामा नाच्ने कठ्पुतलीहरु तिरै फर्काउन तयार होऔं ।

संगठन कसैको पेवा जस्तै नबनाई हिजो गरेको योगदानहरुको कदर गर्दै बामपंथी आन्दोलनका सिपाहिहरुलाई कदर र स–सम्मान गरी गोलबन्द गर्दै बर्गिय राज्यसतालाई जोगाउँदै प्रतिकृयाबादीहरुलाई हाम्रो सत्तामा आलोचनात्मक समर्थन गर्न उत्प्रेरणा र उत्साहित गरौं । नेतृत्वहरु पार्टीको होस् या जनबर्गिय संगठनको चलायमान हुँदै निरन्तर समाजबादी आन्दोलनको यात्रामा लम्कौ । कार्यकर्ताहरुले नेतृत्व बुर्जुवा पुजिबादी चिन्तनमा लागेर कार्यकर्ता बिर्सने कार्यकर्ताको भावनामा ठेस पुर्याउने, अनाहक दुःख दिने, समाजलाई नै दूषित पार्ने, बिकृति र बिसंगतिमा लिप्त नेता भेटिएमा यथाशिघ्र कार्बाही गरोस् । नेतृत्वले पनि कार्यकर्ताको हर्कत त्यस्तै भेटिएमा प्रमाण जुटाई कार्बाही गरियोस् । पहिला आफ्नो घर भित्र सफा गरौं अनि बाहिर संसार सफा गर्न सफल हुनेछ । लेखमा प्रयुक्त विचार लेखकका निजि विचार हुन् । सम्पादकीय सहमति अनिवार्य छैन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!