ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, वैशाख ३० । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज ह्वात्तै बढेर सुन प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, सोमबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, मंगलबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

सोमबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!