आइपीएलः घुँडाबाट रगत बग्दा पनि वाट्सन खेलिरहे, खेलपछि ६ टाँका

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपीएल) मा चेन्नई सुपर किंग्समा आवद्ध ओपनर शेन वाट्सनले घाइते अवस्थामा पनि क्रिकेट खेलेको रहस्य खुलेको छ । यो खुलासा चेन्नईमै आवद्ध स्पिनर हरभजन सिंहले गरेका हुन् ।

आइपीएलको फाइनल खेलमा ब्याटिङका क्रममा वाट्सनको घुँडाबाट रगत बगिरहेको देखिन्थ्यो । यद्यपि, उनले त्यसको कुनै प्रवाह नगरी लगातार खेलिरहे । भारतीय सञ्चारमाध्यमका अनुसार खेल सकिएपछि वाट्सनको घुँडामा ६ टाँका लागेको छ ।

यो खेलमा वाट्सनले ८ चौका र ४ छक्काको मद्दतमा ५९ बलमा ८० रन प्रहार गरे । उनी अन्तिम ओभरमा रन आउट भएका थिए । यो संस्करण वाट्सनआवद्ध चेन्नई मुम्बई इन्डियन्ससँग १ रनले पराजित हुँदै लगातार आइपीएल जित्नबाट बञ्चित भयो ।

कमेन्ट गर्नुहोस्