‘सामान्य ज्ञानको अध्ययनले करोडपति बनायो’

काठमाडौं, जेठ १ । विराटनगरका राजीव जैन स्कुल पढ्दादेखि नै हाजिरीजबाफमा भाग लिइरहन्थे । त्यहीँबाट सामान्य ज्ञान अध्ययनको जग बसालेका उनले ‘को बन्छ करोडपति?’ मा एक करोड रुपैयाँ जितेका छन्।

उनले भने, ‘स्कुल पढ्दा हाजिरीजबाफ, वादविवाद, अतिरिक्त क्रियाकलापमा भाग लिन्थेँ। त्यही बानीले सामान्य ज्ञान अध्ययनमा आकर्षित भएँ। अहिले करोड रुपैयाँ जित्न सफल भएँ।’

एपीवान टेलिभिजनले ‘को बन्छ करोडपति?’ सुरु गरेपछि उनलाई करोडपति बन्न सक्छु भन्ने आँट पलायो । अन्तिम प्रश्नको उत्तर मिलेपछि आफू ‘शब्दविहीन’ भएको उनले बताए । उनले भने, ‘अगाडि महानायक राजेश हमाल हुनुहुन्थ्यो तर मैले केही देखिनँ।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!