नेकपा रुकुम पूर्वका इन्चार्ज पक्राउ

रुकुम, जेठ १ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पूर्वका जिल्ला इन्चार्ज तथा जनमुक्ति सेनाका पूर्व ब्रिगेड कमाण्डर कर्णबहादुर नकाल (शिशिर)लाई प्रहरीले पक्राउ गरेको छ ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ गरायला मुलपानीबाट नकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । सानीभेरी गाउँपालिका–३ गरायला र सिम्ली लगायतका स्थनमा प्रतिबन्धित नेकपा विप्लव समूहका कार्यकर्ताहरु लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा जिल्लाबाट खटिएको विशेष टोलीले मंगलबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए ।

नकाललाई नियन्त्रणमा लिने क्रममा प्रहरीलाई अश्लिल गालीगलौज र हातपात गरी अभद्र व्यवहार गरेको प्रहरीले जनाएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमको हिरासतमा राखी थप अनुसन्धान भैरहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्