७८ लाख धरौटी बुझाएर छुटे अख्तियारका पूर्वआयुक्त

काठमाडौं, जेठ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक तारेखमा छुटेका छन् । विशेष अदालतको आदेशअनुसार ७८ लाख रुपैयाँ धरौटी बुझाएर उनी तारेखमा छुटेका हुन् । ७८ लाख रुपैयाँ घूस बुझेको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि उनी बुधबार विशेष अदालतमा उपस्थित भएका थिए ।

अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले पाठकलाई ७८ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको थियो । पाठकले धरौटी बुझाएपछि अदालतबाट छुटेका हुन् । अब उनले थुनामा नबसी आफूमाथिको आरोपको प्रतिवाद गर्न पाउने भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!