भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्ता

काठमाडौं, जेठ १ । भियतनाम र कम्बोडियाको एक साता लामो भ्रमण सकेर प्रधानमन्त्री केपी ओली बुधबार स्वदेश फर्किएका छन् ।

२६ वैशाखमा भियतनाम प्रस्थान गरेका प्रधानमन्त्री ओली ३० वैशाखसम्म भियतनाम र ३० वैशाख देखि १ जेठ सम्म कम्बोडियाको औपचारिक भ्रमण गरेका थिए ।

प्रधानमन्त्री ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुकको निमन्त्रणमा भियतनाम र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा कम्बोडिया भ्रमणमा गएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!