बढ्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडौं, जेठ २ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, बुधबार सोमबार तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बिहीबार पनि बजारमा चाँदीको मूल्य यथावतै रहेको छ ।

बुधबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!