१९ वर्षीया किशोरीको हत्या कि आत्महत्या ?

बैतडी, जेठ २ । बैतडीको मेलौली नगरपालिका–७ बनालीमा १९ वर्षीया किशोरी सावित्री चन्दको शव घर नजिकैको मेलको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।

मणिलेक माध्यमिक विद्यालय मेलौलीमा कक्षा १२ मा अध्ययनरत उनको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले अनुसन्धानका लागि एक युवकलाई नियन्त्रणमा लिएको छ । मृतकको कोठामा खानतलासी गर्दा सोही ठाउँका प्रशान्त क्षत्रीको नागरिकता, फोटो फेला परेकाले अनुसन्धानका लागि क्षेत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए । किशोरीको सिरानीमा १० हजार रुपैयाँ नगदसमेत फेला परेको उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!