भीरबाट लडेको गाई बचाउन खोज्दा वृद्धको मृत्यु

बाजुरा, जेठ २ । बाजुराको हिमाली गाउँपालिका–३ युनामा भीरबाट लडेर एक जना वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा ७५ वर्षीया पच्चवीर रोकाया रहेको स्थानीयले जानकारी दिएका छन् ।

गाउँ नजिकै घट्टेखोला जंगलमा वस्तुभाउ चराउन गएको समयमा भीरबाट लडेको गाई बचाउन खोज्दा रोकाय भीरबाट लडेका थिए । गाई बचाउन गएका रोकायाको लडेर मृत्यु भएको स्थानीय कल्धरी सुनारले जानकारी दिइन्। युना सदरमुकामबाट पाँच दिनको पैदल दूरीमा पर्छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!