नेपालका आइडलका उपविजेता बिक्रम बरालको ‘कस्तो दुरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, जेठ २ । नेपाल आइडल सिजन–२ का उपविजेता बिक्रम बरालको अर्को नयाँ गीत सार्वजनिक भएको छ । उनको ‘कस्तो दुरी’ बोलको नयाँ गीत बुधबार युट्युबमार्फत् सावर्जनिक भएको हो । गीतमा नारायण गौतमको शब्द, हरि लम्सालको संगीत, महाराज थापाको एरेन्ज छ । ‘कस्तो दुरी’ को म्युजिक भिडियोमा गायक स्वयम् बराल र प्रियंका खड्काले मोडलिङ गरेका छन् ।

गीत हेर्न यहाँ क्लिक गर्नुस् 

भिडियोको छायांकन बुद्ध थापा, सम्पादन बिकास धमाला र निर्देशन निकेश खड्काले गरेका हुन् । नेपाल आइडलपछि चर्चामा आएका बिक्रमका यसअघि ‘गल्ति’, ‘बरी क्यारी बाँचौला’ लगायत गीत बजारमा आइसकेका छन् । 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!