यी हुन् विश्वकपमा हरेक टोलीका सबैभन्दा पाका र युवा खेलाडी

एजेन्सी । इंग्ल्याण्ड र वेल्समा हुन गैरहेको विश्वकप क्रिकेटको १२ औं संस्करण सुरु हुन केही दिन मात्र बाँकी छन् । यसै जेठ १६ गतेदेखि विधिवत रूपमा सुरु हुने विश्वकप क्रिकेटमा यस पटकदेखि विश्व वरियताका शीर्ष १० टोलीले भाग लिन पाउने भएका छन् । आजसम्म समूह चरणमा खेलिने गरेको यो प्रतियोगिताका खेलहरू यसपाली देखि ‘राउण्ड रोबिन’ फर्म्याटमा खेलाइने भएका छन् । अर्थात यसपटक दोस्रो चरणमा पुग्नु पहिले सबै टोलीहरूले एकएकाविरुद्ध खेल्नु पर्नेछ ।

हरेक ठुला खेल आयोजनामा झैं यस विश्वकप प्रतियोगितामा पनि केही सम्झन लायक क्षणहरू रहने छन् तर त्यसबारे खेल सुरु भएपछि मात्रै थाहा हुनेछ तर प्रतियोगितामा भाग लिइराखेका टोली, तिनका खेलाडी र अन्य सदस्यहरूको विवरण खोतल्दा हामीले आज यस विश्वकपमा भाग लिइरहेका टोलीहरूका सबै भन्दा ‘पाका’ र सबैभन्दा ‘युवा’ खेलाडीहरूबारे विवरण तयार पारेका छौं ।

हुन त विश्वकप क्रिकेट खल्ने सबै भन्दा पाका खेलाडीको कीर्तिमान नेदरल्याण्डसका नोलन क्लार्कलाई जान्छ । उनले १९९६ को विश्वकपमा आफ्नो ‘डेब्यु’ खेल खेल्दा उनी ४७ वर्ष २४० दिनका थिए । उनीपछि जिम्बाब्वेका जोहन ट्राइकोस रहेका छन् । उनले १९९२ को विश्वकप खेल्दा उनको उमेर ४४ वर्ष ३०६ दिन थियो ।

त्यस्तै विश्वकप क्रिकेट खेल्ने आजसम्मकै सबै भन्दा ‘युवा’ खेलाडीमा क्यानाडाका नितीश कुमार रहेका छन् । उनले १९९६ को विश्वकप खेल्दा उनको उमेर १६ वर्ष  २८३ रहेको थियो भने दोस्रा युवा खेलाडीमा बंगलादेशका ताल्हा जुबैर पर्छन् । २००३ को विश्वकपमा डेब्यु गर्दा जुबेर्को उमेर १७ वर्ष ७० दिन पुगेको थियो ।

यस पटक पनि १३ खेलाडी ३५ माथिका रहेका छन् भने २ जना २० मुनिका छन् । हेरौं प्रत्येक टीमका सबैभन्दा ‘पाका’ र सबैभन्दा ‘युवा’ खेलाडी को को रहेछन्  

अफगानिस्तान

मोहम्मद नाबी ३४ वर्ष

मुजिब उर्रहमान १८ वर्ष

अस्ट्रेलिया

शाउन मार्स ३५ वर्ष

जाय रिचार्डसन् २२ वर्ष

इंग्ल्याण्ड

लियाम प्लंकेट ३४ वर्ष

टम कुर्रम २४ वर्ष

दक्षिण अफ्रिका

इमरान ताहिर ४० वर्ष

लुंगी एन्गीदी २३ वर्ष

न्यूजिल्याण्ड

रोस टेलर ३५ वर्ष

इश सोधी २६ वर्ष 

पाकिस्तान

मोहम्मद हाफिज ३८ वर्ष

शाहीन अफरीदी १९ वर्ष 

बंगलादेश

मुशरफे मुर्तजा ३५ वर्ष

मेहिदी हसन २१ वर्ष

भारत

एमएस धोनी ३७ वर्ष

कुलदीप यादव २४ वर्ष

वेस्ट इन्डिज

क्रिस गेल ३९ वर्ष

ओशेन थमस २२ वर्ष  

श्रीलंका

जीवन मेन्डिस ३६ वर्ष

अविष्का फर्नान्डो २१ वर्ष

 

कमेन्ट गर्नुहोस्