बुबा शत्रुघनका लागि सामाजिक सञ्जालमा सोनाक्षीले भोट माग्दै, फ्यानको यस्तो जवाफ

मुम्बई, जेठ ५ । बलिउड क्षेत्रका चर्चित अभिनेत्री सोनाक्षी सिन्हाले कांग्रेसबाट प्रत्यासी आफ्ना बाबु शत्रुघन सिन्हाका लागि सामाजिक सञ्जालको प्रयोग गर्दे भोट मागेकी छन् ।

अन्तिम चरणमा हुन गइरहेको निर्वाचनका उनका पिता भारतको बिहारबाट उम्मेदवार छन् । उनले यसपटक पनि बिहारी जनतालाई हातमा भोट हाले आफ्ना पितालाई फेरि एकपटक संसदमा पुर्याउन आग्रह गरेकी छन् ।

सोनाक्षीले ट्वीटरमा लेखेकी छन, ‘विहार, फेरि एकपटक समय आएको छ तपाईंकै आफ्नै बिहारी बाबु शत्रुधन सिन्हालाई भोट दिने, ईबीएममा २ नम्बर थिच्नुहोस् र हात चुनाव चिन्हलाई विजयी बनाउनुहोस् ।’

सोनाक्षीले गरेको यस पोस्टमाथि धेरैले नकरात्मक टिप्पणी गरेका छन् । भारतीय जनता पार्टी छाडेर कांग्रेस प्रवेश गरेका सिन्हा भाजपाका रविशंकर प्रसादविरुद्ध चुनावी मैदानमा छन् । उनले सोनाक्षीले पितालाई जिताउनका लागि बनाएको गु्रपमा शत्रुधन सिन्हा हार्दैछन् किनभने जनता मोदीलाई भोट दिँदैछन्, यो पटक सिन्हालाई नो चान्स जस्ता कमेन्ट आएका छन् । भारतको पटनको साहिब क्षेत्रबाट चुनाव लडेका सिन्हाको भाग्यको फैसला आइतबार हुँदैछ । मत परिणाम भने २३ तारिक सार्वजनिक हुने बताइकको छ।

कमेन्ट गर्नुहोस्