१३८ रनमै समेटियो अफगानिस्तान, आयरल्याण्डको शानदार जीत

काठमाडौं, जेठ ६ । अफगानिस्तान विरुद्धको एकदिवसीय खेलको पहिलो म्याचमा आयरल्याण्ड विजयी भएको छ । आइतबार राति भएको खेलमा अफगानिस्तालाई ७३ रनले हराउँदै घरेलु टोली आयरल्याण्ड विजयी भएको हो । २११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले  ३५.४ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो ।

उसका लागि अश्गर अफगानले सर्बाधिक २९, मोहम्मद नाबीले २७, गुलबिन्दन नाइवले २०, राशिद खानले १६, हजरतुल्लाह जजाईले १४ रन बनाउनु बाहेक अन्यको सम्झनलायक प्रदर्शन रहेन । बलिङमा आयरल्याण्डका मार्क आदिरले ४, ब्वाइड र्याकिनले ३, टिम मुटर्घले २ र केभिन ओ ब्रायनले १ विकेट लिए । यसअघि टस हारेर टस हारेर ब्याटिङको निम्तो पाएको आयरल्याण्डले ४८.५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २१० रन बनायो ।

उसका लागि पउल स्टर्लिङले २ छक्का र ४ चौकाको मद्दतमा ९४ बलमा ७१ रन बनाए । यस्तै, कप्तान विलियम प्रोटरफिल्डले ५३ र केभिन ओब्रायनले ३२ रन बनाउनु बाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेन । बलिङमा अफगानिस्तानका अफ्ताब आलम, दवाल्ट जर्डनले ३–३, राशिद खानले २ र कप्तान गुलबिन्नदन नाइबले एक विकेट लिए । अफगानिस्तानले आयरल्याण्ड विरुद्धको दोस्रो खेल मंगलबार खेल्ने छ । 

कमेन्ट गर्नुहोस्