चलचित्र ‘अन्धकार’ को शुभ मुहुर्त सम्पन्न

काठमाडौंं, जेठ ६ । राज फिल्मस् प्रालिको ब्यानरमा चलचित्र ‘अन्धकार’ निर्माण हुने भएको छ ।

निर्माण टिमले शनिबार एक कार्यक्रमको आयोजना गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो । समाजका विविध विकृतिमध्ये युवापुस्ता आफैंमा शिक्षित हुँदाहुँदै पनि कसरी दुव्र्यसनीको शिकार भइरहेको छ भन्ने कुरा ‘अन्धकार’को मुख्य विषयबस्तु रहने निर्माण पक्षले जानकारी दिएको छ ।

सोमबारबाट मोफसलको इटहरी, झापा, धरान लगायतका स्थानमा छायांकन हुने ‘अन्धकार’लाई सागर पौडेलले खिच्नेछन् । सूर्य बुढाथोकीको लेखन, निर्देशन रहने ‘अन्धकार’मा राज श्रेष्ठ, ज्योति संग्रोला, सुभाष चन्द्र खरेल, मिना कोइराला, सुजन ढकाल लगाएतको अभिनय रहने छ ।

कमेन्ट गर्नुहोस्