भारतीय लोकसभा चुनावः २ लाख मतले पछि परे कन्हैया

एजेन्सी । भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना अहिले जारी छ । सुरुवाति अवस्थामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले अग्रता लिएको छ । यसैबीच, बिहारको बेगुसरायमा ताजा मतगणना अनुसार, बीजेपी उम्मेदवार तथा केन्द्रीय मन्त्री गिरिराज सिंह २ लाख बढी मतले अगाडि रहेका छन् ।

पछिल्लो परिणामअनुसार गिरिराज सिंहले ३ लाख ५० हजार मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी भारतीय कम्युनिष्ट पार्टीका उम्मेदवार कन्हैयाले एक लाख ५० हजार मत प्राप्त गरेका छन् ।

यसैबीच कन्हैया कुमारले आफूले हारे पनि केही नगुमाउने प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘सबैभन्दा पहिले त अन्तिम नतिजा के आउँछ भन्ने कुरा हो । मतपरिणाममा हामी पछि परे पनि हाम्रा बीचमा थुप्रै आशाका किरणहरु देखा परेका छन् । विकल्प नहुनुको फाइदा बीजेपीलाई प्राप्त भएको छ । बेगुसरायमा १२ लाख १८ हजार भोट खसेको छ । अहिले केवल ५–६ लाख भोट मात्रै गनिएको छ । मैले पहिले पनि भनेको थिए, मलाई गुमाउनु केही छैन । म अहिले हारिसकेको त छैन । तर यो नम्बर परिवर्तन हुन पनि सक्छ ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!