विप्लव नेकपाद्वारा जेठ १३ गते बन्दको घोषणा (प्रेस विज्ञप्तिसहित)

काठमाडौं, जेठ ८ । विप्लव नेतृत्वको नेपाल कम्‍युनिष्ट पार्टीले आफ्नो कार्यकर्ता तीर्थराज घिमिरेको दोहोरो भिडन्तको नाममा गरेको हत्‍याको छानबिन गर्नु पर्ने माग गर्दै सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

जसअनुसार जेठ १० र ११ गते सरकारविरुद्धको भण्डाफोर र कोणसभा कार्यक्रमको आयोजना गरेको छ भने १२ गते देशव्‍यापी रुपमा मसाल जुलुस र १३ गते नेपाल बन्दको घोषणा गरेको छ।

उसले केपी ओली सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी,दमन,चरम यातनाका साथै हत्यासम्‍म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कुचेष्टा गरेको आरोप लगाएको छ।

प्रेस विज्ञप्ति

कमेन्ट गर्नुहोस्