प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई बधाई

काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । मोदीलाई बधाई दिने प्रधानमन्त्री ओली पहिलो सरकार प्रमुख हुन्।

लोकसभा निर्वाचनमा बहुमतले विजय प्राप्त गर्ने संघारमा रहेका मोदीलाई प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् । उनले मोदीको अबको कार्यकाल पनि सफल रहोस् भनि कामना पनि गरेका छन् ।

कमेन्ट गर्नुहोस्