प्रचण्डद्वारा भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना

काठमाडौं, जेठ ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । प्रचण्डले सामाजिक सन्जालमार्फत प्रधानमन्त्री मोदीलाई बधाई दिएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्टाटसमा उल्लेख गरेका छन्, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी लोकसभा निर्वाचन–२०१९ मा भारी मतका साथ विजयी भएकोमा बधाई तथा शुभकामना ।’

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि मोदीलाई बधाई दिइसकेका छन् । भारतीय लोकसभा निर्वाचनको बिहीबार भइरहेको मतगणनामा मोदी नेतृत्वको बिजेपी गठबन्धनले ३४३ स्थानमा अग्रता लिएको छ। सरकार बनाउन २७२ सिट आवश्यक पर्छ।

कमेन्ट गर्नुहोस्