दिल्लीका सातै सिटमा भाजपा अगाडि, पूर्वमुख्यमन्त्रीको लज्जास्पद हार हुने पक्का !

एजेन्सी । भारतमा भएको १७ औँ लोकसभा चुनावको मतगणना अहिले जारी छ । सुरुवाति अवस्थामा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले अग्रता लिएको छ । यसैबीच, भाजपा दिल्लीका सातै सिटमा जीत नजिक पुगेको छ । यसअघि कांग्रेसका तर्फबाट दिल्लीकी मुख्यमन्त्री बनिसकेकी शिला दीक्षित बिजेपीका मनोज तिवारीभन्दा २ लाख ४० हजार मतले पछाडि परेकी छन्।

बिहीबार दिउँसो अढाई बजेसम्म उनले ४ लाख ४० हजार ५० मत ल्याउँदा दीक्षितले २ लाख ७२१ मत ल्याएकी छन् । कांग्रेस नेतृत्वको गठबन्धनले देशभरिमा अहिलेसम्म ९१ सिटमा मात्र अग्रता लिएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!