दोस्रो घण्टामा ६.०९ अंकले नेप्से घट्दा हिमालय उर्जामा रातो सर्किट

काठमाडौं, जेठ ९ । साताको अन्तिम दिन नेप्से कारोबार भएको दोस्रो घण्टाको अवधिमा ६ दशमलव शून्य ९ अंकले घट्दा १ हजार ३१३ दशमलव ५४ विन्दुमा पुगेको छ ।

१ हजार ३२१ दशमलव ६९ विन्दुबाट शुरु भएको परिसूचक १ हजार ३२४ दशमलव १५ विन्दुसम्म पुगेको थियो । सो विन्दुपछि घटेको परिसूचक हालसम्म घटेको छ । नेप्सेमा हालै सूचिकृत भएको हिमालय उर्जा विकासको शेयर मूल्य ९ दशमलव ७२ प्रतिशत घटेर सर्किट लागेको छ ।

कम्पनीको कारोबार शुरू हुँदै घटेर सर्किट लागेको हो । कम्पनीको शेयर मूल्य घटेर प्रतिकित्ता रू. १३० मा आइपुगेको छ । कारोबार भएका १५२ कम्पनीको रू. ४२ करोड १६ लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्