किसानमा खुशीयाली, राज्य मन्त्री चौधरीलाई दिए धन्यवाद

सुनसरी, जेठ ९ । कृषि तथा पशुपक्षि विकास राज्य मन्त्री राम कुमारी चौधरीले सुनसरीको दक्षिणी क्षेत्रमा बर्षौदेखि खेतीयोग्य जमीन सिँचाई अभावको कारणले बाँझो रहँदै आएको जमीनमा डिपबोरीङ्गको उत्घाट्न गरेकि छन् । यहाँका किसान आकासे पानीको भरमा एक बाली मात्रै उब्जाउँदै आएका थिए तर अब सिँचाइको व्यवस्था भएपछि खुसीयाली भएका छन् । झण्डै एक करोड बढीको लगानीमा बनाईएको डीपबोरीङ्गले ठूलो भू–भाग जमीनमा सिचाई गर्न सकिने बताइएको छ ।

यो क्षेत्रमा तीन वटा डिपबोरीङ्ग गरिएको छ । राज्य मन्त्री चौधरीले कार्यक्रममा सहभागी किसानलाईमाझ संबोधन गर्दै कृषि उत्पादनमा तिव्रता दिन आग्रह गरेकी थिइन् । युवा शक्ति विदेशीएको कारणले खेती योग्य जमीन बाँझो रहने र उत्पादनमा ह्रास आएको मन्त्री चौधरीले बताइन् ।

उनले आयातमुखी बन्दै गएको नेपाली समाजलाई आत्मनिर्भर बनाउँदै निर्यातमुखी बनाउन सरकारको मुख्य चुनौती रहेको बताइन् । युवालाई कृषि क्षेत्रमा आकर्षक बढाउन कृषि सम्बन्धि तालिम दिएर रोजगारी सृजना गर्ने बताइन् । कार्यक्रममा नेकपाका सुनसरी अध्यक्ष पप्पु मण्डल, राम प्रसाद मेहता, पर्शुराम यादव लगायतले मन्तव्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्