उपराष्ट्रपति आइतबार अष्ट्रिया जाने

काठमाडौं, जेठ ९ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आउँदो आइतबार भियना जाने भएका छन् । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

यही जेठ १४ मा हुने आर २० नामक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । उनीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि रहने छन् ।

उपराष्ट्रपति पुन सोमबार भियना अन्तर्राष्ट्रिय केन्द्रको ४० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममासमेत सहभागी हुने जनाइएको छ । सो केन्द्र भियनाको बहुपक्षीय कूटनीतिको केन्द्रका रुपमा रहेको छ । उपराष्ट्रपति पुन जेठ १७ गते स्वदेश फर्किने छन् ।

कमेन्ट गर्नुहोस्