काभ्रेमा नसर्ने रोगका बिरामीको सँख्या बढ्यो

काठमाडौं, जेठ १० । जिल्लामा नसर्ने रोगका विरामीको संख्या बढेको छ । खानपान र शारीरिक व्यायामको कमीले नसर्ने रोगका बिरामी बढ्दै गएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

बुधबार आयोजित ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानमा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नन्दराज अवस्थीले नसर्ने रोग जिल्लामा वृद्धि हुँदै गएको बताए । उनले विश्वमा ८० प्रतिशत नसर्ने रोगबाट वर्षेनी हजारौंको मृत्यु हुने गरेको जानकारी दिए ।

‘पछिल्लो समयमा नसर्ने रोग बढ्दै गएको छ,’ उनले भने, ‘विश्वमा अहिले ८० प्रतिशत नसर्ने रोगबाट मानिसहरूको मृत्यु भएको तथ्यांक छ, काभ्रेमा पनि सोही हाराहारीमा नसर्ने रोगका विरामी छन् ।’ काभ्रेमा आर्थिक वर्ष २०७४÷०७५ मा मुटु रोगी १७३, क्यान्सर, ५४, मृगौला रोग ७२, पार्किसन्स दुई, अल्जाइमर्स दुई, हेडइन्जुरी चार र स्पाइनल इन्जुरी रोगका लागि ३२ जनाले सिफारिस लिएको प्रमुख अवस्थीले जानकारी दिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट साभार गरिएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!