एनआईसी र भेनस अस्पतालबीच सेवा सुविधा छुट सम्झौता

काठमाडौं जेठ १० । एनआईसी एसिया बैंक लिमिटेड र भेनस हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५ प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्रीराम ढकालले हस्ताक्षर गरेको बैंकले जनाएको छ ।

मुलुकभर २ सय ८४ शाखा, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १६ लाख ग्राहक रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

कमेन्ट गर्नुहोस्