रेनो गाडीको ‘बजेटअघि बेनिफिट’ अफर

काठमाडौं, जेठ १० । रेनो गाडीको एकमात्र आधिकारक वितरक एडभान्स अटोमोबाइल प्रालिले रेनो ‘बजेटअघि बेनिफिट’ भन्ने नयाँ अफर सार्वजनिक गरेको छ ।

ग्राहकहरुले यस अफरमार्फत आगामी आवको बजेट भाषण हुनुअगाडि नै रेनो गाडी बुकिङ अथवा खरिद गरेर विभिन्न लाभहरु उठाउन सक्नेछन् । यस अफर अन्तर्गत ग्राहकहरुले ५ लाख रुपैयाँसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसबाहेक ग्राहकहरुले रेनो गाडी बुकिङ वा खरिद गर्दा निःशुल्क रोड कर, तुरुन्त एक्सचेन्ज तथा ५ वर्षसम्मको वारेन्टीबाट लाभान्वित हुनसक्ने कम्पनीले जनाएको छ।

यो अफर रेनो ब्राण्ड गाडीहरु केडब्लुआईडी, डस्टर र क्यापचरमा सिमित अवधिका लागि उपलब्ध रहेको कम्पनीले बताएको छ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!