कतिमा कारोबार भइरहेको छ सुनको भाऊ ?

काठमाडौं, जेठ १२ । साताको पहिलो दिन आइतबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन ।

शुक्रबार छापावाला सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, शुक्रबार तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि सुन प्रतितोला ५९ हजार ४ सय रुपैयाँमै कारोबार भइरहेको छ ।

साथै, शुक्रबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदीको मूल्य ७१० रुपैयाँमै कारोबार भइरहेको छ।

कमेन्ट गर्नुहोस्