लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि

काठमाडौं, जेठ १९ । लिभरपुलले यूरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। टोटनहम हट्सपरलाई २–० ले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।

मड्रिडमा भएको फाइनलमा लिभरपुलको जितमा मोहम्मद सलाह र डिभोक ओर्गीले गोल गरे। खेलको दोस्रो मिनेटमा नै लिभरपुलले १–० को अग्रता लिएको थियो। यस्तै ८७औं मिनेटमा डिभोक ओर्गीले दोस्रो गोल गर्दै लिभरपुललाई उपाधि दिलाए। योसँगै लिभरपुलले छैटौं पटक यूरोपियन लिग–यूरोपियन कपको उपाधि उचालेको छ। इङ्लिस क्लबहरुमा लिभरपुल यूरोपमा सबैभन्दा सफल क्लब पनि हो।

लिभरपुल गत सिजनको उपविजेता समेत हो । उक्त सिजनमा लिभरपुल रियल म्याड्रिडसँग पराजित हुँदै उपविजेतामा सीमित रहेको थियो। यस सिजनमा म्याड्रिडमा नै उनीहरुले ट्रफी कब्जा गरे।

कमेन्ट गर्नुहोस्