मोफसलमा पनि बक्सअफिस, लालबन्दीको वीणा हलबाट सुरु

काठमाडौं, जेठ १९ । उपत्यकामा बक्स अफिस प्रणाली सुरु भएको एकवर्ष भएको छ । यही बीचमा चलचित्र विकास बोर्डले काठमाडौं उपत्यका बाहिर पनि बक्स अफिस प्रणाली सुचारु गरेको छ ।

आगामी साउनसम्म देशैभर बक्सअफिस सुचारु गर्ने नीतिअनुसार सर्लाही जिल्लाको लालबन्दिमा रहेको वीणा चलचित्र मन्दिरबाट बक्स अफिसको औपचारिक उद्घाटन गरेको हो ।

नेपाल सरकारका प्रबक्ता समेत रहेका सूचना तथा संचार प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अनलाईन टिकेटिङ्ग प्रिन्ट गर्दै मोफसलमा बक्स अफिसको औपचारिक उदघाटन गरेका हुन । लालबन्दीको वीणा हलसँगै सर्लाही, महोत्तरी, पर्सासहित प्रदेश नं. २का १० वटा हलहरुमा बक्स अफिस सुचारु गरेको छ ।

बक्सअफिस सुचारुसँगै बक्स अफिसको सबै रिपोर्ट अनटाईम पाउन सकिने भएको छ । यो क्रमलाई ७ वटै प्रदेशमा साउन १ गतेसम्म सुचारु गरिसक्ने कार्यक्रमका सभापति तथा चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले बताएका छन् ।

कार्यक्रममा प्रदेश नं २का प्रदेशसभा सदस्य माननीय बेचु लुङ्गेली, चलचित्र विकास बोर्डका सदस्य तथा बक्सअफिस प्रणालीका संयोजका नरेन्द्र महर्जन, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, जिल्ला प्रमुख अधिकारी द्रोण पोखरेल, जिल्ला समन्वय समितिका अध्यक्ष, लालबन्दि नगरपालिकाका मेयर मानबहादुर खड्का, उद्योग वाणिज्य संघ सर्लाहीका अध्यक्ष कल्याण जोशी, जिल्ला प्रहरी सर्लाहीका प्रमुख, चलचित्र विकास बोर्डका सदस्य सचिब महेन्द्र साखी, नेकपा सर्लाहीकी संयोजक रेवती पन्त, बक्सअफिस प्रणालीका प्राबिधिक प्रतिनिधी नितेश गोर्खाली लगायतको उपस्थिति रहेको थियो ।

बक्स अफिस प्रणाली सुरु गरेको काठमाडौंका हलहरुलाई पनि साउन १ गतेभित्र अनटाईमा डाटा पठाउन बोर्डका अध्यक्ष केशब भट्टराईले आग्रह गरेका छन् । संचारमन्त्री बाँस्कोटाले काठमाडौंमै अत्याधुनिक ईन्डोर फिल्म शुटिङ्ग स्टुडियो निर्माणमा बोर्ड लाग्न पनि अनुरोध गरेका छन । मोफसलमा बक्स अफिस सुचारु गरेको वीणा हलका संचालक पवन गुप्ता हुन् भने अध्यक्ष नरेन्द्र महर्जन हुन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!